आँखैमा छ सुन्दरता, अन्त धाउनै पर्दैन
मन यसै फुरुङ्ग छ, उसले गाउनै पर्दैन

ईन्द्रेणी र डाँफेले, पहिल्यै रङ्ग भरेको
मेरो माटो सिंगार्न, अरु आउनै पर्दैन

आफैमा म तृप्त छु, पूर्ण छु म यसै नै
पराईबाट मैले अरु, केही पाउनै पर्दैन

सूनफल्ने घरमा, चाँदीको नै छानो छ
हाम्रो घरै सुरक्षित, उसले छाउनै पर्दैन

मेरोदेश हेर्न आउँछन्, कैयौं डलर तिरेर
म नेपाली भाग्यमानी, भिसा लाउनै पर्दैन

लक्ष्मीप्रसाद घिमिरे

Please follow and like us:
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*