आज पहाडी भागमा वर्षाको सम्भावना, अन्यत्रको मौसम सफा रहने

 

काठमाडौं । आज देशको पहाडी भुभागमा आंशिकदेखि सामान्य बदली र बाँकी भागमा सामान्यतया मौसम सफा रहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

आगामी तीन दिनको मौसम विवरणबारे जानकारी दिँदै महाशाखाले सोमबार दिउँसो देशको पहाडी भागमा आंशिक बदली रही अपराह्नपछि एकदुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको र बाँकी भागमा मौसम सामान्यतया सफा रहेको जनाएको छ । सोमबार राति पहाडी भागमा आंशिक बदली रही बाँकी भागमा मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ ।

मंगलबार दिउँसो पहाडी भागमा आंशिक बदली रही अपरान्हपछि मध्य र पश्चिमका एकदुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको र बाँकी भागमा मौसम सामान्यतया सफा रहेको महाशाखाले जनाएको छ । राति पहाडी भागमा आंशिक बदली रही बाँकी भागमा मौसम सामान्यतया सफा रहने महाशाखाको पूर्वानुमान छ ।

महाशाखाका अनुसार बुधबार दिउँसो पहाडी भागमा आंशिक बदली रही अपरान्हपछि मध्य र पश्चिमका एकदुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको र बाँकी भागमा मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ । बुधबार राति पहाडी भागमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहनेछ ।