कबिता – सानू

 

 

sanjib bhandari

त्यो प्रेम पनि के प्रेम

जुन प्रेममा बिस्वास छैन

त्यो माया पनि के माया

जुन मायामा ऐहसास छैन

त्यो तिमी पनि के तिमी

जुन तिमिमा तिमी छैनौ

त्यो तिम्रो माया पनि के माया

जुन मायामा सच्चा केही छैन

सवै झुठो,सबै झुठो,

सबै झुठो अब त तिमी पनि झुठी हुन थाल्यौ

हिजो सम्म नजिक थियौ

आज बाट टाढा हुन थाल्यौ

तिम्रो त्यो बोलिको मिठास

अब तितिन थाल्यो तिम्रो

त्यो कोइलिको स्वर झै आवाजमा

अब चट्याङ खस्न थाल्यो

तिम्रो फोन आउनासाथ उठाउन आतुर हुने यी

हातहरुअब काप्न थाले

उठाउ त कसरी सुनु तीतितोबोले,

नउठाउन त कसरी सामना गरु त्यो रुष्ठ बोली

मनमा कुरा खेल्न थाले

मनमा कुरा खेल्दा खेल्दै

डरलाग्छ कि तिमिलाई घृणा पो गर्न थाल्छु कि भनी

सानू तिमिलाई पनि थाहा छ कि

म तिमिलाई घृणा हैन

माया गर्न चाहान्छु भनी

सानू जिन्दगी लामो छ

सधै घृणा मात्र हैन

अलिकती माया पनि त गरिदेउ

तिम्रो मायाको अभावको जाडोले

अब यी मनहरु काप्न थाले

मायाको ओढनी पनि त ओढाईदेउ

त्यो ओढनिको पर्खाइले अब

जिन्दगी छोटिन थाल्यो सानू

दुई क्षणको यो जिन्दगिमा केबल

दुई दिन त मीठो बोलिदेउ मेरि प्यारी सानू