२२१ जना केटासँगको प्रेम असफल भएपछि कुकुरसँग बिहे

 

एजेन्सी: मान्छेहरुआफ्नो इच्छा अनुसार जिउन प्रयत्न गर्छन । यस्तै, बेलायतकी एक जना पूर्वमोडलले २२१ जना केटासँगको प्रेम असफल भएपछि कुकुरसँग बिहे गरेकी छन् । यो पनि एक खालको आश्चर्य नै हो ।इलिजावेथ होडले टेलिभिजन कार्यक्रमको प्रत्यक्ष प्रसारणमा आफूले पालेको कुकुरसँग विवाह गरेकि हुन् । उनी ४९ बर्षकी उनले कुकुरसँग विवाह गरेपछि धेरै अच्चममा परेका छन् । इजिजावेथ सन् १९९० को दशककी चर्चित पेज ३ मोडल हुन् ।
उनका एक २५ वर्षीय छोरासमेत छन् । तर धेरैपटकको सम्बन्ध विच्छेद र असफल प्रेम सम्बन्धपछि आफूले सम्बन्धमा दिगोपन चाहेको इलिजावेथको भनाइ छ ।

उनका अनुसार कुकुर मानिसजस्ता जाली र झेली हुँदैनन् । कुकुरसँग बिहे गर्नासाथ उनको प्रश्न छ–केटो किन चाहियो ? यो घटनालाई धेरैले आश्चर्य मानेर धमाधम सेयर गरिरहेका छन् ।