घट्यो सुनचाँदीको मूल्य

 

काठमाडौँ, २ असोज । आज बिहीबार सुनचाँदीको मूल्य घटेको छ ।

आज छापावाला सुन ६ सयले घटेर प्रतितोला ७० हजार ७ सयमा कारोबार भइरहेको छ भने तेजावी सुन प्रतितोला ७० हजार ४ सय रुपैयाँमा कारोबार भईरहेको छ ।
त्यस्तै, चाँदी पनि आज १५ रुपैयाँले घटेर प्रतितोला ८ सय ५५ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।