आजको मौसम

 

काठमाडौँ, २ असोज । दुई दिन लगातार झरी परे पनि बिहीबार बिहानदेखि झरी कम भएको छ ।

आज केही ठाउँमा सामान्य वर्षा भइरहे पनि दिउँसोदेखि मौसम खुल्ने मौसमविद्ले बताएका छन् । बिहीबार दिउँसोपछि धेरै ठाउँमा घाम लाग्नेछ भने केही ठाउँमा सामान्य वर्षा हुने बताइएको छ ।
मनसुन सामान्यतया जुन १० मा नेपाल प्रवेश गरेर सेप्टेम्बर २३ तारिखमा बाहिरिन्छ । यो वर्ष १० दिन ढिलो गरी गएको असार ५ गते नेपाल प्रवेश गरेको मनसुन केही दिन लम्बिने भएको हो ।