आज सुनचाँदीको मूल्य

 

काठमाडौँ, ३१ भदौ । आज मंगलबार सुनचाँदीको मूल्य स्थिर रहेको छ ।

आज सुन स्थिर रहँदै छापावाला सुन प्रतितोला ७१ हजार ३ सयमै कारोबार भइरहेको छ भने तेजावी सुन प्रतितोला ७१ हजार रुपैयाँमै कारोबार भइरहेको छ ।
त्यस्तै आज चाँदी पनि स्थिर रहँदै प्रतितोला ८ सय ६५ रुपैयाँमै कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।