बढ्यो सुनचाँदीको मूल्य

 

काठमाडौँ, ३० भदौ । आज सोमबार सुनचाँदीको मूल्य बढेको छ ।

आज सुन तोलामा ११ सय बढेर छापावाला सुन प्रतितोला ७१ हजार ३ सयमा कारोबार भइरहेको छ भने तेजावी सुन प्रतितोला ७१ हजार रुपैयाँमा कारोबार भइरहेको छ ।
त्यस्तै, आज चाँदी तोलामा २५ रुपैयाँले बढेर प्रतितोला ८ सय ६५ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।