सहकर्मीले चलाएको गोली लाग्दा नौ प्रहरीको मृत्यु

 

एजेन्सी, २९ भदौ । अफगानिस्तानमा आफ्नै सहकर्मीले चलाएको गोली लागी कम्तीमा नौ प्रहरीको मृत्यु भएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् ।

दक्षिणी क्षेत्र कान्दाहारमा शाहवालीकोट जिल्लाको दमानी क्षेत्रमा आफ्नैै सहकर्मीले चलाएको गोली लागी नौ अफगानी प्रहरीको मृत्यु भएको अफगानी ‘वन टिभी’ले प्रहरीलाई उद्धृत गरी जानकारी गाराएको छ ।
अफगानिस्तानमा गत अगस्टमा पनि यस्तै एक घटनामा सात प्रहरीको मृत्यु भएको थियो । अफगानिस्तानमा भएको द्वन्द्वका कारण विक्षिप्त अवस्थामा लड्नुपर्दा कतिपय सुरक्षाकर्मीले आफ्नै सहकर्मीमाथि आक्रमण गरेका घटना असामान्य भएपनि पटकपटक यस किसिमका घटनाहरू दोहोरिने गरेका छन् ।