लादेनका छोरा मारिएको ट्रम्पद्वारा पुष्टि

 

एजेन्सी, २९ भदौ । अल-कायदाका संस्थापक नेता ओसामा बिन लादेनका छोरा हम्जा बिन लादेन अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले वासिङ्टनको कारबाहीमा मारिएको पुष्‍टि गरेका छन् ।

ह्वाइटहाउसद्वारा जारी गरिएको संक्षिप्त विज्ञप्तिमा ट्रम्पले भनेका छन्, ‘अल-कायदाका बरिष्ठ सदस्य एवं ओसामा बिन लादेनका छोरा हम्जा बिन लादेन अमेरिकाले अफ्गानिस्तानरपाकिस्तान क्षेत्रमा गरेको प्रतिआतङ्कवाद कारबाहीमा मारिएका छन् ।’
अमेरिकाले उनलाई दुई वर्षअघि औपचारिक रूपमा विश्वका लागि खतरनाक आतङ्कवादीको सूचीमा राखेको थियो।