अब दशैँ मान्न ऋण काढ्नु पर्दैन

 

काठमाडौँ, २९ भदौ । चार वर्षअघिसम्म आफ्नो कमाईले बिहान–बेलुका छाक टार्न पनि धौ–धौ पर्ने दूधौली नगरपालिका–११ धनसरी निवासी बुर्जबहादुर बुढाथोकी जीवनस्तर यतिखेर सुधारिएको छ ।

सहजै दैनिक गुजारा गर्दै वार्षिक ५० हजार रुपैयाँसम्मको बचत हुन थालेपछि उनी निकै खुसी छन् । उनी भन्छन्, ‘यस वर्ष दशैँ मनाउनका लागि कसैसँग ऋण गर्नु पर्दैन । आफ्नो आवश्यकता पूरा गर्न प्रशस्त जोहो गरेको छु ।’
उनलाई यो अवस्थामा पुर्‍याउन बाख्रापालन व्यवसायले ठूलो टेवा पुर्‍याएको बताए । गाउँमा लागू भएको गरिबी निवारण कार्यक्रमबाट ३५ हजार रुपैयाँ ऋण लिएर बाख्रापालन व्यवसाय गर्न थालेपछि उनको जीवनमा परिवर्तन आएको हो ।

। उनले भने, ‘चाडबाड टार्नका लागि ऋणको जोहो गर्नुपथ्र्यो, यतिखेर आफैंले भनेजति खर्च गर्न पुगेको छ ।’ यो समाचार आजको गोरखापत्रको अर्थ बजारमा छापिएको छ ।