घट्यो सुनचाँदीको मूल्य

 

काठमाडौँ, २६ भदौ । आज बिहीबार सुनचाँदीको मूल्य घटेको छ ।

आज छापावाला सुन २ सयले घटेर प्रतितोला ७० हजार ८ सयमा कारोबार भईरहेको छ भने तेजावी सुन प्रतितोला ७० हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
त्यस्तै, चाँदी ५ रुपैयाँले घटेर प्रतितोला ८ सय ७५ रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।