ललितपुर । ३ न प्रदेश सरकारका सामाजिक विकासमन्त्री युवराज दुलालले प्युटारमा बागमती गाउपालिका स्तरीय अस्पतालको शिलान्यास गर्नुभएको छ ।
प्रदेस सरकारले ३ न प्रदेसमा १८ ओटा गाउँ पालिका स्तरिय हस्पिटल निमाण गर्न लागेको जानकारी दिदै मन्त्री दुलालले संघीयताको कार्यान्वयनका कारण बजेट कार्यान्वयनमा ढिलाइ हुने अवस्था नआउन तत्काल काम सुरु गर्न निर्देशन दिनुभयो ।
प्रदेश सरकारको बजेटबाट बागमती गाउपालिकामा भट्टेडाडा स्वास्थ चौकीलाइ स्तरोन्नति गर्न लागिएको र प्युटारमा पालिकास्तरीय अस्पताल बनाउने योजनाको सुरुवात भएको साम्सद चेतनाथ सन्जेलले बताउनुभयो ।
सिलान्यास समारोहमा गाउपालिकाका प्रमुख बीरबहादुर लामाले तीनै तहका सरकारको समन्वयमा जनताको समृद्धिको चाहना पूरा गर्नुपर्ने बताउनुभयो । मन्त्री साम्सद र स्थानीय तहका जनप्रतिनिधिहरुले बागमतीको विकासका लागि गर्नुपर्ने कामको बिषयमा मन्त्री दुलालको ध्यानाकर्षण गराइएको थियो ।

Please follow and like us:
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*