भोली दिउँसो सन्नी नेपाल आउँदै

 

काठमाडौं, २५ भदौ । बलिउड अभिनेत्री सन्नी लियोनी भोली नेपाल आउँदै छिन् ।
उनले आइटम डान्स गरेको नेपाली चलचित्र ‘पासवर्ड’को प्रिमियर शोका लागि सन्नी नेपाल आउने भएकी हुन् ।

चलचित्रका प्रेस संयोजक दिनेश सिटौलाका अनुसार बिहिबार दिउँसो २ बजेको सेरोफेरोमा सन्नी काठमाडौं ओर्लिने छिन् र साँझ कुमारी हलमा आयोजना गर्न लागिएको प्रिमियर शोमा सन्नीको उपस्थिति रहनेछ ।

चलचित्र ‘पासवर्ड’ आउँदो शुक्रबारबाट प्रदर्शनमा आउँदैछ । एबी इन्टरनेशनलको ब्यानरमा बनेको चलचित्रलाई सम्राट बस्नेतले निर्देशन गरेका हुन् । चलचित्रमा हिराल जोशी र अमित बस्नेतको लगानी छ ।

२ करोड भारतिय रुपैयाँ पारिश्रमिक लिएर सन्नीले ‘आजको शाम’ बोलको गीतमा आइटम नृत्य गरेकी छन् ।

एक्सन र थ्रिलर कथामा बनेको चलचित्रमा अनुपविक्रम शाही, बुद्धि तामाङ, विक्रमदास जोशी, रविन्द्र झा, धिरेन शाक्य, प्रविन खतिवडालगायतका कलाकारहरुको अभिनय छ ।