१४ सयले घट्यो सुनको मुल्य

 

काठमाडौं : शुक्रबार सुन तोलामा १४ सय रुपैयाँले घटेको छ।आज सुन तोलाको ७२ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ।

बिहीबार सुन तोलामा १ सय रुपैयाँले घटेर ७३ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो। बुधबार भने १ हजार रुपैयाँले बढेर ७३ हजार ५ सय रुपैयाँमा किनबेच भएको थियो।

चाँदीको भाउ भने सामान्य गिरावट आएको छ। चाँदी तोलाको ९ सय रुपैयाँमा कारोबार भइरहेको छ।एक महिनादेखि सुनको भाउमा उतावचढाव भइरहेको छ।