ठेचोमा बहुउद्धेश्यीय कभर्ड हल बन्ने

 

ललितपुर । गोदावरी नगरपालिका १२ ठेचोमा बहुउद्धेश्यीय कभर्ड हल बन्ने भएको छ । प्रतिनिधिसभा सांसद पम्फा भुषालले उक्त कभर्ड हलको शिलान्यास गर्दै समृद्ध र स्वस्थ समाज निर्माणका लागि टोल टोलमा खेलकुदको विकास हुनुपर्नेमा जोड दिनुभयो । प्रदेश सांसद राजकाजी महर्जनको पहलमा निर्माण हुन लागेको उक्त कभर्ड हलले ललितपुर महानगरपालिका वडा नं २४, गोदावरी नगरपालिका १२ र १३ समेत लाभान्वित हुने प्रदेश सांसद राजकाजी महर्जनले बताउनुभयो । pampha 2
कभर्ड हलको निर्माण ३ नं प्रदेश सरकार सार्वजनिक निर्माण कार्यालय धादिंगले गर्ने र संयोजन सर्वेश्वर महादेव मन्दिर समितिले गरेको हो ।