पर्यटनमन्त्री भट्टराईले गरे ८१ प्रतिशत हिन्दूको सम्मान, पशुपतिको आरती सरकारी प्रयासबाटै विश्वभर प्रसारण गर्ने

 

संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले संसारभरका हिन्दूहरुका गौरवको रुपमा रहेका आराध्यदेव पशुपतिनाथको आरती मन्त्रालयकै पहलमा युट्युबबाट संसारभर प्रसारण गर्ने घोषणा गर्नुभएको छ । विश्वभरका धार्मिक पर्यटकलाई नेपालको धार्मिक महत्वका स्थानहरुको प्रवद्र्धन गर्ने कार्यक्रममा पशुपति नाथको आरती, विवाह मण्डप तथा गंगा सागरको आरती लगायतलाई धार्मिक पर्यटक आकर्षण गर्ने कार्यक्रमको रुपमा सार्वजनिक गरिएको छ । मन्त्रालयमा सोमबार आयोजित कार्यक्रममा मन्त्री भट्टराईले १४१ बुँदे कार्ययोजना सार्वजनिक गर्नुभएको हो ।