जैविक विविधता संरक्षणमा नेपालले पाउनुपर्ने फाइदा नपाएकाले अन्तर्राष्ट्रिय समुदायको ध्यानाकर्षण गराउँदै तदारुकताका साथ लाग्न प्रतिनिधिसभा सांसद नवराज सिलवालले जोड दिनुभएको छ । नेपालले जैविक विविधता संरक्षणमा पाउनुपर्ने लाभ नपाएको बताउँदै अन्तर्राष्ट्रिय अभिसन्धीको पक्षराष्ट्र बन्ने सम्बन्धमा आवश्यक संयन्त्रहरुको तत्काल निर्माण गर्न समेत सरकारको ध्यानाकर्षण गराउनुभएको
छ ।
प्रतिनिधिसभा वैठकमा बोल्दै सांसद सिलवालले जैविक विवधता सम्बन्धि ब्राजिलको रियो सम्मेलनले पारित गरेको २०१४ अक्टोवर १२ बाट आएको नायोगा प्रोटोकलले हाम्रा जनावर, जैविक विविधता र ज्ञान बाँडेर पाउनुपर्ने फाइदा नेपालले पाउनुपर्छ भन्ने कोणबाट यो अभिसन्धीको नेपाल पक्षराष्ट्र बन्नैपर्ने भएको हो । यसबाट पाइने फाइदाका सम्बन्धमा बुझेर मन्त्रालयले फोकल प्वाइन्ट, राष्ट्रिय प्राधीकरण गठन तथा क्षमता बढाउने लगायतका विषयमा सरकारले लगानी बढाउनुपर्नेमा जोड दिनुभयो ।

जैविक विविधताको अध्ययन अनुसन्धान गर्न संस्थागत रुपमा लगानी बढाएर विश्वको ध्यान तान्ने र प्रविधिको हस्तान्तरणमा महत्वपूर्ण योजना बन्नुपर्नेमा जोड दिनुभयो । यस्ता महत्वपूर्ण विषयमा सरकारको लगानी बढ्नुपर्नेमा समेत सिलवालले जोड दिनुभयो ।

Please follow and like us:
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*