गोदावरीमा सुरु भयो गाईजात्रा फुटवल

 

ललितपुर । गोदावरीमा गाइवात्रा फुटवल प्रतियोगिता विहिबारबाट सुरु भएको छ । १६ औं दिनेश स्मृति कप गाईजात्रा फुटबल प्रतियोगिताको उद्घाटन नेकपा ३ नं प्रदेश सदस्य एवम् समाजसेवी मधुसूदन पौडेलले गर्नुभएको छ । उद्घाटन समारोहमा बोल्दै नेता पौडेलले युवालाई खेलकुदमार्फत सिर्जनात्मक काममा संलग्न गर्न सके सिंगो समाज नै सकारात्मक र सिर्जनात्मक हुने बताउनुभयो । गोदावरी क्षेत्रमा युवा तथा खेलाडीहरुको शारीरिक, सामाजिक तथा व्यावसायिक विकासका लागि खेलकुदको विकास र संरचनाहरु निर्माण हुनुपर्नेमा जोड दिनुभयो ।

madhusudan

प्रतियोगिताको उद्घाटन खेलमा आयोजक नमुना खेलकुद क्लबले नख्खु युथ क्लबलाई टाईब्रेकरमा ४-२ गोलले पराजित गरि दोस्रो चरणमा प्रवेश गरेको छ । प्रतियोगिताको पहिलो चरणको खेलहरुमा ठेचो नवदिप क्लबले गोदावरी एफ् सी लाई १-० गोल, त्यसैगरी  खालीबारी फुटबल क्लबले नव सोच क्लब गोदावरीलाई ४-० गोलले पराजित गरि क्वाटरफाइनलको समिकरण पूरा गरेका छन् । त्यसै गरी विहिबार नै सम्पन्न अन्तिम खेलमा लाकुर फुटसल हरिसिद्धिले आरयुविसी सातदोबाटोलाई सडेनडेथमा १-० ले पराजित गरि अर्को चरणमा पुग्न सफल भएको छ । प्रतियोगिताको बाकी खेलहरु भोलि सम्पन्न हुनेछ । madhu 2

प्रतियोगितामा १२ टिमको सहभागिता रहेको छ । प्रतियोगिताको विजेताले ३० हजार र उपविजेताले १५ हजारसहित ट्रफी प्राप्त गर्ने छन् ।
प्रतियोगितामा गत वर्ष जस्तै यस पटक पनि पराजित भएका टोलीहरुबीच पेनाल्टी सुटआउट प्रतियोगिता गराउने र पेनाल्टी सुटआउट विजेतालाई नगद १० हजार प्रदान गरिने आयोजकले जनाएको छ ।

chin