नियन्त्रण नगरे सहकारीमा २ वर्षभित्रै भयंकर दुर्घटना : मन्त्री अर्याल

 

काठमाडौं, २८ साउन । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले सरकारले नियन्त्रणमा चासो दिन नसके सहकारीमा २ वर्षभित्रै भयंकर दुर्घटना आउने बताउनुभएको छ । मन्त्री अर्यालले वित्तिय संस्थामा मौलाउदै गरेको विकृति नियन्त्रण गरिने पनि बताउनुभएको छ । स्वावलम्बन विकास केन्द्रको २८ औं वार्षिकोत्सब तथा उद्यमशीलता विकास पुरस्कार वितरण कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री अर्यालले यस्तो बताउनुभएको हो । jQuery(document).ready(function($) { $.post('http://khabarchakra.com/wp-admin/admin-ajax.php', {action: 'wpt_view_count', id: '1796'}); });