नियन्त्रण नगरे सहकारीमा २ वर्षभित्रै भयंकर दुर्घटना : मन्त्री अर्याल

 

काठमाडौं, २८ साउन । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले सरकारले नियन्त्रणमा चासो दिन नसके सहकारीमा २ वर्षभित्रै भयंकर दुर्घटना आउने बताउनुभएको छ । मन्त्री अर्यालले वित्तिय संस्थामा मौलाउदै गरेको विकृति नियन्त्रण गरिने पनि बताउनुभएको छ । स्वावलम्बन विकास केन्द्रको २८ औं वार्षिकोत्सब तथा उद्यमशीलता विकास पुरस्कार वितरण कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री अर्यालले यस्तो बताउनुभएको हो ।Padma Aryal 28 Sawon, 2076 (6)

लघुवित्त संस्था र सहकारीको प्रकृती उस्तैउस्तै भएको भन्दै मन्त्री अर्यालले संस्था ठूलो बन्दै जाँदा झन राम्रो हुनुपर्नेमा केही समस्याहरु उत्पन्न हुदै गएको बताउनुभयो । तर त्यसलाई सिस्टमबाटै नियन्त्रण गरिने बताउनुभयो । ‘संस्था ठूलो भएपछि र हाम्रा मानसिकताहरु विकृत बन्न थालेपछि विधि, विधानले नै समात्ने हो । त्यो भन्दा अर्को विकल्प नै छैन’, मन्त्री अर्यालले भन्नुभयो, ‘अब सिस्टमबाटै समस्या ति समस्याको समाधान गर्ने हो । हामीले अवलम्बन गरेका विधिविधानमा केही समस्या छ भने त्यसलाई सच्याउ ।’उहाँले भन्नुभयो, ‘संस्थालाई पारदर्शी बनाउने र मौलाउदै गरेको विकृति नियन्त्रण गर्ने दिशामा हामी जानुपर्छ ।’

सरकारले अहिले सहकारीको समस्या समाधान गर्न लागिरहेको भन्दै उहाँले  सहकारीलाई बेलैमा नियन्त्रण नगरिएमा भयानक दुर्घटनाको खतरा रहेको संकेत गर्नुभयो । ‘सहकारीलाई अब साँच्चिकै नियन्त्रण नगर्ने हो भने दुई वर्ष पछि भयानक दुर्घटनाको संकेत देखा परेको छ’, उहाँले भन्नुभयो, ‘यसलाई अब नियन्त्रण गर्नुपर्छ । हामीले केही कोशिस सहकारी नियमावलीमार्फत गरेका छौ ।’ मन्त्री अर्यालले सचेत हुनुपर्ने अवस्था आएको बताउनुभयो ।Padma Aryal 28 Sawon, 2076 (5)

एउटा मान्छे धेरै संस्थामा बस्ने समस्याको नियन्त्रण अब सिस्टमबाटै गरिने उहाँको भनाइ थियो । सहकारी कर्जा कोष यस अघि नै भाषण धेरैपटक भएपनि अब व्यवहारमै लागु हुनेगरी कार्यान्वयन गरिने उहाँले बताउनुभयो । नियमावलीमा सहकारीको कर्जा सुरक्षा कोष केन्द्रको स्थापना गरिएको बताउदै त्यमार्फत अहिले भइरहेको विकृतिको अन्त्य गर्न सहयोग पुग्ने बताउनुभयो । ‘सिस्टम सफ्टवेरले एउटा सहकारी संस्थामा बदमासी गरेर त्यहाँ पुरै गिरेर पतित भएर ठाउँ परिवर्तन गरेर फेरी सहकारी संस्थाको मालिक भएर त्यस्तै खालको गतिविधि गर्ने प्रवृतिको अन्त्य हुन्छ’, उहाँले भन्नुभयो ।