युवा पुस्ता सिर्जनात्मक काममा लागौंः थापा

 

ललितपुर । लागू पदार्थ दुव्र्यसनीले उर्जाशील युवा पुस्तालाई विगारेको भन्दै महिला वालवालिका तथा समाजकल्याण मन्त्री थममाया थापाले युवा पुस्तालाई सिर्जनात्मक क्षेत्रमा परिचालन गर्नुपर्नेमा जोड दिनुभएको छ । सोमबार ललितपुरमा सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा केन्द्र सानेपाले विश्व युवा दिवसको अवसरमा आयोजित लागू पदार्थ प्रयोग तथा यसको दुुश्परिणाम तथा एचआइभी सम्बन्धि सचेतना तथा विविध अतिरिक्त क्रियाकलाप पुरस्कार वितरण सम्बन्धि कार्यक्रममा बोल्दै मन्त्री थापाले सरकार युवा परिचालनबाट समृद्ध देश निर्माणमा संकल्पित भएर लागेको बताउनुभयो । sanepa 4

कार्यक्रममा विविध अतिरिक्त क्रियाकलापका विजयीहरुलाई पुरस्कार तथा सामाजिक क्षेत्रमा सक्रियलाई सम्मान गरिएको थियो । ललितपुर महानगरपालिका, एड्स हेल्थ केयर फाउण्डेसन नेपाल, राष्ट्रिय एचआइभी तथा एड्स महासंघ नेपालको प्रायोजनमा संचालित उक्त कार्यक्रमममा कार्यक्रममा प्रहरी संगीत विद्यालयले निर्माण गरेको बृत्तचित्र तथा सांस्कृतिक कार्यक्रम प्रस्तुत गरिएको थियो । sanepa 5

कार्यक्रममा महानगरीय प्रहरी परिसर ललितपुरका प्रहरी उपरीक्षक दुर्गा सिंह, प्याव्सनका सहअध्यक्ष डी.के ढुंगाना, अभिभावक संघका पूर्वअध्यक्ष सुप्रभात भण्डारी, एएचएफ नेपालका राष्ट्रिय निर्देशक दीपक ढुंगेल, सानेपा प्रहरी प्रभागका हिक्मत थापा, वडाध्यक्ष राजेश श्रेष्ठ लगायतले युवा पुस्तालाई सिर्जनात्मक काममा परिचालन गर्न समाजको सबै तह र तप्का लाग्नुपर्ने बताउनुभयो । कार्यक्रममा विभिन्न संघसंस्थाका प्रतिनिधि र विद्यार्थीहरुको सहभागिता रहेको सामुदायिक सेवा केन्द्र सानेपाका अध्यक्ष दान थापाले बताउनुभयो ।

sanepa 3

sanepa 2

sanepa 1