जावलाखेल युथ क्लवमा महेन्द्र नेतृतवको टीम

 

ललितपुर । प्रतिष्ठित जावलाखेल युथ क्लबको नेतृत्वमा महेन्द्र क्षेत्री नेतृत्वको टीमले बाजी मारेको छ । क्लबको नयाँ नेतृत्वकालागि ठूलोभाई के सी समुह र महेन्द्र क्षेत्री समुह बिच प्रतिस्पर्धा हुँदा क्षेत्री नेतृत्वको टीम विजयी भएको हो । ३८७ जना सदस्य रहेको क्लबमा ३७७ जनाले मतदान गरेका थिए। अध्यक्ष उपाध्यक्ष महासचिवसहित १४ कार्यसमितिका लागि भएको निर्वाचनमा २८ जनाले उम्मेदवारी दिएका थिए। जसअनुसार तीन वर्षे कार्यकालका लागि अध्यक्षमा महेन्द्र क्षेत्री  विजयी हुनुभएको छ । JYC

त्यसैगरी उपाध्यक्षमा क्रमशः किरोजमान सिंह बस्नेत,उज्ज्वल कर्माचार्य, समीर के सी विजयी हुनुभएको छ । महासचिवमा पवन गिरी र सचिवमा कविर बस्नेत विजयी हुनुभएको छ । कोषाध्यक्षका लागि महेशचन्द्र महत(मलमल) विजयी हुनुभएको छ । निर्वाचित सदस्यहरुमा रवि खड्का,राजु बोगटी, विकास कार्की, सुनिल केसी, निरज खड्का,नरेश थापा, प्रदीप तण्डुकार रहनुभएको निर्वाचन कमिटिका संयोजक गोकुल खड्काले बताउनुभयो।JYC

२०२९ सालमा ललितपुर महानगरपालिका वडा नम्बर ४ मा स्थापना भएको युथ क्लव नेपालको फुटबल इतिहासमा एउटा छुट्टै पहिचान बनाउन सफल क्लब हो। खेलक्षेत्रमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा छुट्टै पहिचान बनाउन सफल ए डिभिजनमा रहेको जावलाखेल युथ क्लबले खेलकुदको प्राथमिकतासँगै विभिन्न सामाजिक कार्य गर्दै आएको छ। नवनिर्वाचित अध्यक्ष महेन्द्र क्षेत्रीले आफूले गरेको प्रतिबद्धता पुरागर्न आफु सदैव प्रतिबद्ध रहेको बताउनुभएको छ। उहाँले नेपालकै प्रतिष्ठित क्लबको रुपमा रहेको जावलाखेल क्लबको प्रगति विवरण तीनतीन महिनामा सार्वजनिक गर्ने, समयमा नै वार्षिक साधारणसभा गर्ने, क्लबलाई पारदर्शिताका साथ अगाडि बढाउने लक्ष्य रहेको बताउनुभयो । उहाँले क्लबलाई उच्चतम ढङ्गबाट अगाडि बढाउन बुद्धिजीवी अग्रजहरुको सल्लाह अनुसार अघि बढ्न सल्लाहकार समिति बनाई उहाँहरुकै सल्लाहअनुसार अघिबढ्ने प्रतिबद्धता समेत जनाउनुभयो ।