खेलकुदका विकृति निमूल गर्छुः सदस्यसचिव सिलवाल

 

ललितपुर । राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव रमेशकुमार सिलवालले खेल क्षेत्रका विकृति निमूल पार्ने संकल्प दोहोर्याउनुभएको छ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ललितपुरले शनिवार आयोजना गरेको अन्तरक्रिया तथा स्वागत कार्यक्रममा बोल्दै सिलवालले खेल क्षेत्रको विकृतिमा जोडिएका साना ठूला सबै कार्वाहीको भागीदार हुने बताउनुभयो । करोडौं रुपैयाँ बेरुजु रहेको खेल क्षेत्रमा बेरुजु असुल गर्ने र साग गेमको तयारीलाई तीव्र गतीमा अगाडि बढाइने बताउनुभयो । जिन्दगीका ५० औं वर्ष शीर ठाडो पारेर गौरवका साथ उभिएको बताउँदै खेल क्षेत्रको लागि ७ वटै प्रदेशमा देखिने विकास गर्दै बाहिरिने दिन उस्तै शीर ठाडो पार्ने योजना सुनाउनुभयो । ramesh

सिलवाललाई स्वागत गर्दै नेकपा स्थायी कमिटि सदस्य तथा सांसद पम्फा भुषालले ललितपुरका नागरिकको चाहनालाई समेत राखेपले सम्वोधन गर्ने अपेक्षा राख्नुभयो । खेल क्षेत्रले देशको नाम संसारभर चिनाउन सिलवालको नेतृत्व सक्षम हुने विश्वास व्यक्त गर्दै भुषालले नयाँ पुस्तामा खेलप्रति बढेको उत्सुकतालाई योजना र कायृक्रममा समेट्न सिलवाललाई आग्रह गर्नुभयो ।

ramesh 3नेकपा जिल्ला इन्चार्ज हरि दाहालले ललितपुरलाई लामो समय केन्द्रले आझेलमा राखेकाले सिलवालको नियुक्तिसंगै लतिपुरले पनि विकासको अपेक्षा राखेको बताउनुभयो । नेकपा केन्द्रीय सदस्य प्रमेश हमालले युवा, विद्यार्थीहरुमा खेलको विकासले समाजलाई अनुशासन र गतिशील बनाउनुका साथै सरकारको सुखी नेपाली समृद्ध नेपाल निर्माणलाई समेत सहयोग पुग्ने बताउनुभयो ।

ramesh 4
प्रदेश सभाका सांसद माधव पौडेलले खेलकुदलाई समेत पार्टी कामका रुपमा हेरिने वातावरण निर्माण गर्न राजनीति बुझेको र खेल क्षेत्रको व्यावसायिक मान्छेको नियुक्तिले सफलता पाउने विश्वास व्यक्त गर्नुभयो । केन्द्रीय सदस्य सुशिला नेपाल, नेकपाका प्रदेश सदस्य मिठाराम शर्मा बजगाई, सुरेन्द्रमोहन शर्मा,बाबुकाजी प्रधान,मञ्जली शाक्य, नवराज ढुंगाना, प्रदेश सांसदहरु राजकाजी महर्जन, देवकी श्रेष्ठ, दिनेश महर्जन, चेतनाथ संजेल, ज्ञानेन्द्र शाक्य तथा पार्टी जिल्ला कमिटिका सदस्यहरु लगायतका नेताहरुको सहभागिता रहेको जिल्ला कार्यालय सचिव पुरुषोत्तम आचार्यले जानकारी गराउनुभएको छ ।ramesh 2