उपमेयर अधिकारीको उदाहरणीय कामः नीजि खर्च कटाएर स्वयम्सेविकालाई सहयोग

 

ललितपुर । गोदावरी नगरपालिकाकी उपमेयर मुना अधिकारीले आफ्नो नीजि खर्च कटाएर वडा नं १४ का ७ जना स्वास्थ्य स्वयम्सेविकाहरुलाई प्रोत्साहन भत्ता प्रदान गर्नुभएको छ । साविक बज्रवाराही र गोदावरी नगरपालिका एकीकरण भएर गोदावरी नगरपालिका हुँदा वडा नं १४ ठैवमा गाभिएका १८ जना स्वयम्सेविकालाई पोशाक भत्ता वितरण गर्न नगरपालिकाको स्वीकृत कार्यक्रमबाट नसकेपछि आफ्नो प्रतिबद्धता सम्झेर आफ्नै तलव भत्ता कटाएर स्वयम्सेविकालाई पोशाक भत्ता सहयोग गरिएको उपमेयर अधिकारीले बताउनुभयो । mahila 2

२ वटा वडा गाभिँदा १८ जना स्वयम्सेविका भएकोमा नगरपालिकाको कार्यक्रमबाट ९ जनालाई मात्रे समेटिएकोले दिनराज नभनी खट्ने दिदीबहिनीलाई केही गर्न नसकेकोमा ग्लानी महसुस भएको थियो त्यसैले आफ्नै खर्च कटाएर दिदीबहिनीबीच सुखदुख बाँड्ने योजना बन्यो वडा कार्यालयमा आयोजित कार्यक्रममा प्रोत्साहन भत्ता वितरण गर्दै उपमेयर अधिकारीले भन्नुभयो स्वयमेसेविकाको सक्रियता र योगदान कुनै पनि मूल्यमा दाँज्न सकिन्नँ उहाँहरुको महानताबाट म प्रभावित छु ।

mahila 1

नगरपालिकाको आफ्नो बजेट कार्यक्रम भए पनि विविध कारणले स्वयम्सेविकाहरुलाई समेट्न नसकिएको र आउँदा दिनमा नगरपालिकाबाटै समेट्ने प्रयास गरिने पनि बताउनुभयो । अधिकारीले ७ जना महिला स्वास्थ्य स्वयमेसेविकालाई प्रतिव्यक्ति ५ हजारका दरले प्रोत्साहन सहयोग गर्नुभएको हो ।

mahila 4