बचत सहकारीलाई बजेट तथा योजना निर्माण तालिम

 

ललितपुर । ललितपुर जिल्ला वचत तथा ऋण सहकारी संघ लिले सदस्य संस्थालाई बजेट तथा याजना निर्माण तालिम प्रदान गरेको छ । संघको आयोजनामा २ दिने वार्षिक निति कार्यक्रम तथा बजेट निर्माण तालिम शुक्रबार संघको तालिम हलमा सम्पन्न भएको छ । विहिबार र शुक्रबार सञ्चालित तालिममा सहकारी संस्थाहरुलाई वार्षिक योजना के हो ? वार्षिक योजना किन ? वार्षिक योजना बनाउँदा ध्यान दिनुपर्ने कुराहरु, रणनितिक योजनाको कार्य ढाँचा, बजेट बनाउनु पूर्व विचार पु¥याउनुपर्ने कुराहरु तथा वार्षिक योजना र बजेटको सम्बन्ध आदि कुराहरुलाई समावेश गरि तालिम प्रदान गरिएको संघका व्यवस्थापक सन्तोष बजगाईले बताउनुभयो । cop 1

सहकारी संस्थाहरुले वार्षिक बजेट बनाउदा व्यवसायको आकार हेरि श्रोतको पहिचान गर्दै बजेट बनाउँदा अपनाउनुपर्ने विधि र उपायका बारेमा तालिम केन्द्रित रहेको बताउनुभयो । तालिममा सहभागी अधिकांश सहभागीहरुले नयाँ आ।व।को शुरुवातमै आयोजना गरिएको यस तालिमबाट धेरै कुराहरु सिक्ने अवसर पाएको र सिकेका कुराहरुलाई व्यवहारमा उतार्न सके संस्थाले अपेक्षाकृत रुपमा तय गरिएका वार्षिक निति कार्यक्रम सजिलै सम्पन्न गर्न सकिने विश्वास लिइएको छ । cop1

प्रशिक्षण कार्यक्रमको समापनमा बोल्दै संघका अध्यक्ष रामहरि बजगाईले संघकै पहलमा संस्थाहरुलाई आवश्यक पर्ने लेखा व्यवस्थापन, पल्र्स अनुगमन विधि, व्यवस्थापक क्षमता अभिवृद्धि तथा कर लगायतका विभिन्न विषयहरु समेटेर आगामी दिनहरुमा यस्ता थुप्रै विषयका तालिमहरु सञ्चालन गरिने वताउनुभयो । तालिममा सहभागि सम्पूर्णमा सिकेका कुराहरुलाई आफ्नो संस्थामा लागु गरि आगामि दिनमा अनुमानको भरमा बजेट तयार नगरि संस्थाको श्रोतको पहिचान गर्दै अहिले सिकेका सुचकहरुको प्रयोग गरि वार्षिक निति कार्यक्रम तथा बजेट निर्माण गरि स्वस्थ संस्था बनाउन सुझाव दिए । तालिमलाई प्रशिक्षक कुवेर निरौलाले सहजीकरण गर्नुभएको थियो ।

co1