रेखाको म्युजिक भिडियो सार्वजनिक

 

सर्जक रेखा कौशल रेग्मीको म्युजिक भिडियो तिम्रो आँखामा सार्वजनिक भएको छ । श्रष्टा रेग्मीले लेख्नुभएको गीतमा इन्दू वानियाँको श्वर, दिपक शर्माको संगीत र उदीतराज पौडेलको संगीत संयोजन रहेको छ । आर्यन, सन्ध्या र चाहनाले अभिनय गरेको उक्त म्युजिक भिडियोको राम केसीको छायांकन रहेको छ ।
माया प्रेममा आधारित उक्त आधुनिक गीतको क्यामेरा वाइपी घिमिरेले संयोजन गर्नुभएको हो भने सम्पादन सुवास गुरुंगले गर्नुभएको हो । शार्प भिजिन लगनखेलले निर्माण, निर्देशन तथा सार्वजनिक गरेको हो । भिडियो शार्प भिजनको युट्युव च्यानल आहा नेपालबाट सार्वजनिक गरिएको छ ।

rekha

https://www.youtube.com/watch?v=aVE_A04X8fQ&fbclid=IwAR1P8l2sdOtPzSi-8Trn_f_G8mMEUzAVh6M2KAqE8HyKNevQLYBaCB8-RVM