‘धुर्मुस-सुन्तली’को फिल्म ‘सेन्टी भाइरस’ घोषणा

 

काठमाडौँ, २३ साउन । हास्यकलाकार द्वय सिताराम कट्टेल (धुर्मुस) र कुञ्जना घिमिरे (सुन्तली)ले फिल्मको औपचारिक घोषणा गरिएको छ ।
बुधबार काठमाडौँमा एक कार्यक्रमका बीच ‘सेन्टी भाइरस’ नाम फिल्मको घोषणा गरेको हो । ‘सेन्टी भाइरस’ को कथा कुमार कट्टेल र दीपक आचार्यले लेखेका हुन् । भाद्र ३ गतेबाट छायांकन हुने फिल्मलाई रामबाबु गुरुङले निर्देशन गर्नेछन् ।

उक्त फिल्ममा धुर्मुस-सुन्तलीकै प्रमुख भूमिका रहनेछ । फिल्ममा दयाहाङ राई, राजाराम पौडेल, विल्सन विक्रम राई, बुद्धि तामाङ, कमलमणी नेपाल, सूर्यमाला खनाललगायतका कलाकारहरुको पनि अभिनय रहने बताइएको छ ।