चिसो पानीले नुहाउँदाका फाइदाहरु

 

आजभोली गर्मी मौसममा प्राय सबै मानिसलाई चिसो पानीले नुहाउनु मन पर्नुका साथै यसले शरीरलाई शीतलता प्रदान गर्छ ।

चिसो पानीले नुहाउँनुको फाइदाहरु :

चिसो पानीले नुहाउँदा थकान कम गर्नुका साथै शरीरलाई फूर्तिलो बनाउँछ ।
यसले शरीरमा रोगसंग लड्न सक्ने क्षमत तथा रोगप्रतिरोधात्मक क्षमतामा बृद्धि गर्दछ ।
चिसो पानीले नुहाउँदा शरीरमा आनन्द आउनुका साथै शरीरमा रक्तसञ्चार प्रक्रियालाई प्रभावकारी बनाउँछ ।
चिसो पानीले नुहाउँदा शरीरमा आँफै तापको मात्रामा बृद्धि हुन्छ जसले पाचन प्रक्रियालाई मजबुद बनाउँछ ।
चिसो पानीले नुहाउँदा पुरुषको प्रजनन क्षमतामा बृद्धि ल्याउनमा मद्दत गर्छ ।
चिसो पानीले नुहाउँदा शरीरमा रहेको यूरिक एसिडलाई चलायमान बनाउनुका साथै बिभिन्न चोटपटक लागेका दाग तथा खतमा बस्ने ब्याक्टेरिया हटाउन मद्दत गर्दछ ।