धापाखेलको नागदहमा नाग पुज्नेको भीड (फोटोफिचर)

 

ललितपुर । सोमबार श्रावण शुक्ल पञ्चमी अर्थात नागपञ्चमी । हरेक हिन्दू धर्मावलम्वीले घरको मूल ढोका तथा ढोकाहरुमा नागको फोटो तथा प्रतिमा राखेर नागको पूजा गर्दै घरलाई अग्नी, चट्यांग र विषालु जनावरको आक्रमणबाट जोगिने विश्वास सहित पूजा गर्छन् । नागपञ्चमीकै अवसर दिन सोमबार ललितपुर महानगरपालिका २४ धापाखेलमा रहेकाने नाग मन्दिरमा दशौं हजार भक्तजनले नाग पूजा गरेका छन् । nagdaha 5

पूजा गर्न काठमाडौं उपत्यकाका विभिन्न स्थानबाट हजारौंको संख्यामा सहभागी भएको वडाध्यक्ष दिनेश कार्कीले बताउनुभएको छ । भक्तजनको व्यवस्थापनका लागि वडा, स्थानीय संघसंस्था, नेपाल स्काउट तथा विभिन्न संघसंस्थाले स्वयम्सेवक परिचालन गरेका छन् ।
यस्तै मेलास्थलमा आकस्मिक स्वास्थ्य परिक्षण लगायतका उपचार सहयोगका लागि सुमेरु अस्पतालको स्वास्थ्य टोली परिचालन भएको अस्पतालका निर्देशक दिलिप डंगोलले बताउनुभयो ।

nagdaha 1

nagdaha 4

nagdaha 3 nagdaha 2