६ हजारका लागि सेनामा जागिर (हेर्नुस् सूचना)

 

काठमाडौं/नेपाली सेनाले विभिन्न पदमा करिब ६ हजारको आवेदन मागेको छ । भदौ १६ गतेसम्म आवेदन दिन सकिने गरि सेनाले करिब ६ हजारको दरखास्त माग गरेको हो । भदौ २३ गतेसम्म दोब्बर दस्तुर बुझाएर पनि आवेदन दिन सकिने सूचनामा जनाइएको छ ।

सेनाको भर्ना छनौट निर्देशनालय कार्यरथी विभाग जंगी अड्डाले सैन्य मेडिकल ४० जना, सैन्य सिग्नल २० जना, ड्राइभर ४० जना, बकासी २५ जना, कुचिकर ४० जना, चर्मकर्मी ७ जना, सुचिकार २१ जना, धोबी र सिकर्मी १/१ जनाको माग छ।

त्यस्तै देशभरबाट सैन्य पदका लागि ५ हजार ६ सय ९३ जनाको दरखास्त माग गरेको हो।

हेर्नुहोस दरखास्त मागिएको सूचना 

sena jagir