सन्दर्भ व्याजमा अन्यौल, कर्जामा १६ प्रतिशत भन्दा बढी लिन पाइन्नँ : बडाल

 

ललितपुर । सहकारी विभागले आइतबारबाट लागू हुने गरी जारी गरेको सहकारीको सन्दर्भ ब्याजको विषयमा अन्यौल बढेको छ । सहकारी संचालकहरुले व्याजदर मात्रै १६ प्रतिशत भएको त्यसबाहेक सेवा शुल्क, हर्जाना, व्यवस्थापन शुल्क वा प्रक्रियागत शुल्कहरु लिन पाउने कि नपाउने लगायतका विषयमा अन्यौलता भएको बताईरहेका बेला राष्ट्रिय सहकारी महासंघका अध्यक्ष केशव बडालले सन्दर्भ व्याजका सन्दर्भमा स्पष्ट हुन आग्रह गर्नुभएको छ ।

राष्ट्रिय सहकारी महासंघले कर्जामा लिइने व्याज १६ प्रतिशत भन्दा माथि नगर्न स्पष्ट पारेको छ । साथै बचत र ऋणमा ब्याजदरबिच ६ प्रतिशत स्प्रेड दर कायम राख्नुपर्ने भएको व्यहोरा समेत प्रष्ट्याइएको छ ।

महासंघको सन्देश

२०७६ साउन १७ गते शुक्रबारका दिन सहकारी विभागद्वारा सहकारी संघसंस्थाहरुका लागि तोकिएको सन्दर्भ ब्याजदर सम्बन्धि केहि अस्पष्टता भएको देखिएकाले यो जानकारी गराइएको छ ।
सहकारी ऐन २०७४ र सहकारी नियमावली २०७५ अनुसार सन्दर्भ ब्याजदर तोकिएको हो । जस अनुसार सहकारी संघ÷संस्थाहरूले सदस्यलाई प्रवाह गर्ने कर्जामा अधिक्तम १६ प्रतिशत ब्याज कायम गरिएको छ । बचत र ऋणमा ब्याजदरबिच ६ प्रतिशत स्प्रेड दर कायम राख्नुपर्ने भएको व्यहोरो समेत अनुरोध छ । यसको मतलब बचतमा बढिमा १० प्रतिशत मात्र ब्याज दिन पाउने भन्ने होइन । बचत र ऋणको ब्यादरको अन्तर ६ प्रतिशतभन्दा कम राखेर सहकारी संघसंस्थाहरुले बचतमा १० प्रतिशतभन्दा बढि ब्याजदर कायम राख्न पनि पाउने
छन् ।
साथै सम्पूर्ण सहकारी संघसंस्थाहरूलाई सदस्यहको अधिक्तम हितमा राखेर कारोबार गर्न समेत अनुरोध गर्दछु । बडालले सार्वजनिक गर्नुभएको सन्देशमा उल्लेख छ ।

badal