साउन १६, विहिबार तपाईको आजको राशीफल

 

आज १६ साउन २०७६, बिहिवार तदनुसार १ अगष्ट २०१९ । ज्योतिष शास्त्रअनुसार ग्रहको अवस्थाका आधारमा तपाइको राशिफल प्रस्तुत गर्दैछौं । तपाइको राशीमा जेसुकै भए पनि कर्म वेगर फलको अपेक्षा भने पूरा हुन सक्दैन । तर कर्मको लागि आजको दिन कस्तो छ ?

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
मनमा निरासा र शरीरमा आलस्य आउला । मनमा सङ्का उत्पन्न हुनेछ । अनावश्यक ठाउँमा धन खर्च होला । प्रेममा मनमुटाव रहला । आजको लागि एक अंग रातो रंग र भगवान गणेशको आराधना राम्रो हुन्छ ।

 वृष ( इ, उ, ए, ओ, वा, वि, वु, वे, वो )
लगनशीलताले कामहरू अगाडी बढ्नेछन् । नयाँ नयाँ क्षेत्रमा लगानीको अवसर मिल्नेछ । श्रमको उचित मुल्याङ्कन हुनेछ । आजको लागि यहाँलाई तीन अंक पहेँलो रंग र दान तथा गरिव दुखीको सेवाले शुभ फल दिन्छ ।

मिथुन ( का, कि, कु, घ, ङ, छ, के, को, हा )
स्वास्थ्यमा सुधार आउनेछ । अचल सम्पत्ती हात पर्ने योगछ । न्यायिक कार्यमा सफलता मिल्नेछ । व्यापार,व्यवसायमा लाभ हुनेछ । आजको दिन यहाँलाई २ अंक, सेता तथा ध्वांसे रंग र भैरवको आराधना वा कुकुरलाई खाना खान दिनुले शुभ फल मिल्छ ।

कर्कट ( हि, हु, हे, हो, डा, डि, डु, डे, डो )
तर्क, विवाद र प्रतिस्पर्धामा पकड भएको राम्रो दिन छ । धर्म,कर्म तथा समाजसेवामा मन लाग्नेछ । कार्यमा सफलता पाईनेछ । आजको दिन यहाँलाई गणपति वा बंगलामुखीको आराधना उपासना र बुबाआमाको सेवा गर्नुले शुभ फल दिन्छ ।

सिंह ( मा, मि, मु, मे, मो, टा, टि, टु, टे )
अधिकार प्राप्तिका लागि गरिएको प्रतिस्पर्धामा विजयी भइनेछ । जोश जाँगर र हिम्मत वढ्नेछ । अरुको मन जित्न सकिनेछ । आजको दिन यहाँको लागि ओम नमो भगवते वासुदेवाय भनी भगवान नारायणको उपासना र कागलाई पानी खान दिनुले शुभफल मिल्छ ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो )
सोचेको आटेको काममा फाइदा मिल्नेछ । लामो समयदेखि प्रतीक्षा गरिएको काम पूरा हुनेछ । मनोरञ्जनमा सहभागीता भइएला । आजको दिन यहाँलाई ८ अंक रातो रंग र कुलदेवताको आराधनाले शुभफल दिन्छ ।

तुला ( रा, रि, रु, रे, रो, ता, ति, तु, ते )
बन्धु बान्धवबाट सहयोग मिल्नेछ । कार्य क्षेत्रमा प्रगती हुनेछ । वाक्चतुर्याईँले सङ्कल्प सिद्ध हुनेछ । बाहन सुख मिल्नेछ । आजको दिन यहाँलाई ७ अंक, सेतो रंग र भगवान गणपतिको आराधनाले शुभफल दिन्छ ।

वृश्चिक ( तो, ना, नि, नु, ने, नो, या, यि, यु )
नयाँ कार्यको थालनी हुनेछ । भाग्यले विभिन्न अवसर जुराउनेछ । सामाजिक क्षेत्र र नोकरीबाट मानसम्मान मिल्नेछ । आजको दिन यहाँलाई ३ अंक र अनाथ वालवालिकालाई पोशाक वा खाना दिनुले शुभफल दिन्छ ।

धनु ( ये, यो, भा, भि, भु, धा, फा, ढा, भे )
निर्णय कार्यान्वयन हुन सक्दैनन् । आफ्नो विचार विपरित निर्णय हुनेछ । नजिकका व्यक्तिबाट काममा बाधा आउला । आत्मबलमा कमी आउनेछ । आजको दिन यहाँले सेतो रंगको प्रयोग र सरस्वतीको आराधना गर्नुले शुभफल दिन्छ ।

मकर ( भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि )
आज एक अर्कासंग केहि न केहि आशा गरिरहनु हुनेछ । महिला वा मित्रबाट विशेष सहयोग मिल्नेछ । इच्छा र आकाङ्क्षा पूर्ण हुनेछ । आजको दिन यहाँलाई ४ अंक सेतो रंगको प्रयोग र बंगलामुखीको आराधना र आमा वा आमासमानकालाई लाई खाना खुवाउनुले शुभ फल दिन्छ ।
मीन ( दि, दु, थ, झ, ञ, दे, दो, चा, चि )
आँटेको र ताकेको कार्य पुरा होला । वैदेशिक यात्राको योग छ । पारिवारिक सद्भाव बढ्नेछ । व्यापार व्यवसायमा औसत लाभ हुनेछ । आजको दिन यहाँलाई २ अंक, लम्वोदन गणेशकाके आराधना र श्रद्धाभक्तिले शुभफल दिन्छ ।