साक्षीभावमा जिउने ओशोधारा साधकको नयाँ वर्षको संकल्प

 

नयाँ वर्ष सन् २०२१ को सुरुवातीसँगै ओशोधारा नेपाल महिला सशक्तीकरण (WE) र युवा सशक्तीकरण (YE) ले संयुक्त रुपमा नयाँ वर्ष शुभकामना साँझको आयोजना गरेर सबैलाई नयाँपन र नयाँ संकल्पका साथ अगाडि बढ्न शुभकामना व्यक्त गरेको छ । सद्गुरू सिद्दार्थ औलियाको नयाँ वर्षको सन्देशलाई आत्मसात गर्दै, हर्ष र विस्मातको स्रोत कहाँ छ आफैभित्र हेर्न र नयाँ वर्षमा नयाँ संकल्प लिएर जीवन बाच्ने संकल्प लिनुपर्ने कुरालाई सबैले आत्मसात गरेका थिए ।

जनवरी १ तारिखका दिन भर्चुअल जुम मिटिंगबाट साँस्कृतिक कार्यक्रम र ध्यान सहित सम्पन्न भएको शुभकामना साँझमा करिव ६० जनाको उपस्थिति रहेको थियो । कार्यक्रमको संचालन YE आचार्य ई. अनन्त बिष्टले गरेका थिए भने, एशिया संयोजक डा. प्रद्युम्नराज पाण्डेले जुम मिटिंगमा उपस्थित सबैलाई स्वागत गर्दै नयाँ सृजनात्मकताले नै नयाँ वर्षमा नयाँ अनुभव, सिकाई र उमंग मिल्ने कुरा बताएका थिए ।

अन्तरक्रियात्मक कार्यक्रमको संचालन WE नेपाल संयोजक डा. नम्रता पाण्डेले गरेकी थिइन् । नृत्य, गायन, कविता वाचन लगायतका साँस्कृतिक कार्यक्रम सहित सम्पन्न कार्यक्रममा अन्तरास्ट्रिय संयोजक कर्नेल अनुतोष, WE अन्तराष्ट्रिय संयोजक डा. रचना अग्रवाल र IIYM का आचार्य दर्शनले सबैलाई नयाँ वर्षको शुभकामना व्यक्त गरेका थिए । शुभकामना व्यक्त गर्नेहरूमा ओशोधारा प्रदेश संयोजकहरू र साधकगणको उपस्थिति रहेको थियो ।

नयाँ वर्षको नयाँपन सहित साप्ताहिक ध्यान तथा पारिवारिक सत्संगलाई जुम मार्फत निरन्तरता दिने जानकारी डा. नम्रता पाण्डे र ई. अनन्त विष्टले दिए । ध्यान नै आत्मपहिचान, सकारात्मक सोच र सही दृष्टिकोण वृद्दि गर्ने माध्यम रहेको अनुभव समेत जानकारी गराएका थिए ।