“महिला र अध्यात्म” हिंसा न्यूनीकरणको आयाम

 

ओशोधारा नेपाल महिला शशक्तिकरण समूह (WE) द्वारा महिला हिंसा विरुद्धको १६ दिने अभियानलाई ध्यानमा राखेर “महिला रअध्यात्म” शिर्षकमा एउटा फरकआयामको कार्यक्रम गरेको छ ओशोधाराका संस्थापक सदगुरू ओशो सिद्दार्थ औलिया ज्यूको अवधारणालाई आत्मसात गर्दै महिला हिंसा न्यूनीकरणको लागि आध्यात्मिक जागरण, ध्यान, योग र सन्तुलित जीवनशैलीको आवश्यकतामाथि प्रकाश पार्दै कार्यक्रम सम्पन्न भयो ।

ओशोधारा नेपाल WE राष्ट्रिय संयोजक डा. नम्रता पाण्डेले नयाँ अवधारणा सहित भर्चुअल जुम मार्फत संचालन गर्नुभएको उक्त कार्यक्रममा जापान, कोरिया देखि १०० जना भन्दा बढीको सहभागिता रहेको थियो । कार्यक्रमका CEDAW सिड का सदस्य प्रमुख अतिथि बन्दना राणाले सन्तुलित जीवनशैली नै सबै समस्याका समाधान हुन् भन्ने कुरालाई प्रकाश पार्नुभएको थियो । सम्पन्न र शिक्षित परिवारमा जन्मेर पनि महिला भएकै कारण कर्म क्षेत्रमा सफलता प्राप्तिको लागि समाजबाट भोग्नु परेका आलोचना, तर्क र धारणालाई सम्हाल्दै आज संयुक्त राष्ट्रसंघ सम्म नेपाली महिलाको प्रतिनिधित्त्व गर्न सकेको उदाहरणहरू प्रस्तुत गर्नुभएको थियो ।

उमेरको २५ वर्ष पार गरिसक्दा विदेशमा भएको एक कार्यक्रममा तपाईंको विचार र धारणा केहो भनेर सोध्दा उहाँलाई महसुस भयो मैले पनि आफ्नो धारणा राख्न सक्छु ? मेरो छुट्टै धारणाको पनि अर्थ रहन्छ ? त्यसपछि महिलाले आफ्ना धारणा र विचार, लक्ष्य खुलेर राख्न सक्छन् भन्ने कुराको उहाँमा विकास भयो र त्यसलाई जीवनमा प्रयोगमा ल्याउने कोशिस गरिरहनुभएको छ । राणाले अरू प्रष्ट पार्नुभयो महिला होस् या पुरूष निस्वार्थ सामाजिक सेवाको लागि पनि आध्यात्मिक चिन्तनको जरूरत छ किनकी सकारात्मक सोचको विकास अध्यात्मले नै गराउँछ । ओशोधारा धभ कोनयाँ आयामको कार्यक्रमले उहाँलाई पनि थप प्रेरणा मिलेको धारणा व्यक्त गर्नुभयो ।

त्यसैगरी अर्का बक्ता गृह मन्त्रालयका सहसचिव हुमकला पाण्डेले स्थानीय तह देखि सर्वत्ररूपमा महिलाहरूका समस्या र सरकारको नीति नियम भित्र अटाउन नसकेका महिला तथा बालबालिकाका समस्या, हिंसा न्यूनीकरकरणका सम्भावित चेतना जागृतिका कार्यक्रमबारे थप प्रष्ट पार्नुभयो । आध्यात्मिक जीवनशैलीको अभ्यासले नै शान्त, समृद्द र आत्मिक विकास हुन सक्ने भएको हुँदा हिंसाजन्य प्रवृतिलाई निस्तेजपार्न मानिसमा ध्यानको अभ्यास जरूरी रहेको बताउनुभयो । ओशोधारा WE को नयाँ आयाम जहाँ महिलाले खुलेर बोल्न र आफ्ना धारणा व्यक्त गर्न पाउने स्थल स्थापना भएको छ त्यो आवश्यक र सर्हानिय रहेको धारणा व्यक्त गर्नुभयो ।

रामेछापमा प्रमुखजिल्लाअधिकारीको जिम्मेवारी सम्हाल्नु भएकी सहसचिव रूद्रा शर्माले प्रशासनिक व्यवस्था, सुरक्षाका मापदण्ड, आवश्यक रणनीति सहित महिला हिंसा अन्त्यमा चेतना जागरण नै प्रमुख माध्यम भएको धारणा व्यक्त गर्नुभयो । जब एउटा व्यक्ति ध्यानस्थ, जागृत र सकारात्मक सोचले पूर्ण हुन्छ तब त्यसको प्रभाव उसका कर्महरुमा पर्ने भएकोले निर्भयहुन समेत अध्यात्मको मार्ग सँगसँगै आवश्यक रहेको विचार व्यक्त गर्नुभयो ।

डा. शोभा पौडेलले अध्यात्मको झुकावले जीवनशैली सकारात्मक हुने बताउनुभयो । कतिपय धार्मिक मान्यताहरूले महिलाको स्थानलाई निम्न बनाउनेगरेको पाइएकोले धर्म र अध्यात्मको फरक छुट्याउन सक्ने बताउनुभयो । एउटा व्यक्ति शान्त, सहज, सजग कसरी हुन सक्छ त्यो आध्यात्मिक अभ्यासको परिणाम भएको बताउनुभयो ।

त्यसैगरी, आदर्श नारीक्लबका संस्थापकअध्यक्ष मिना खरेलले सडकमा वेवारिसे बालबालिकाको उद्दार गर्दा आफूलाई समेत समाजले नकारात्मक दृष्टिले हेर्ने गरेको र जब कामहरू समाजमा देखिन थाले तब सडकका वेवारिसे बालबालिका तथा महिलाहरुको उद्दारमा र उनीहरुलाई मानवको अस्तित्त्व सहित जीवनमा हौसला थप्ने काममा महिला नै अगाडि आउँदाको परिणाम सुन्दर हुने धारणा बताउनेहरूको संख्या बढ्दै गएको कुरा व्यक्त गर्नुभयो ।

आध्यात्मिक चेतना भनेकै सकारात्मक सोच सहित केहि गरौँ भन्ने भावना र समाजमा केहि गर्नेहरूको प्रशंसा गर्न सक्ने स्वभाव भएकोले अध्यात्म जीवन भन्दा अलग छैन भन्ने धारणा राख्नुभयो । धेरै आध्यात्मिक संस्थाले चेतना जागृति र परोपकारमा सहयोग गर्दै आइरहेकाले कुन मार्ग सहि छ त्यो छुट्याउन सक्नुपर्ने बताउनुभयो । आध्यात्मिक संस्था भन्नासाथ नकारात्मक तरिकाले हेर्नेहरूलाई ओशोधाराको सम्यकता, सजगता र सबै आयामलाई समेटेर आयोजना गरिएको कार्यक्रम सर्हानिय रहेको बताउनुभयो ।

हाल श्रमसहचारीको रूपमा नेपाली राजदुतावास, दक्षिणकोरियारमा कार्यरत ओशोधाराकी साधिका रमा भट्टराईले अध्यात्म महिला पुरूष सबैलाई उत्तिनै आवश्यक रहेको तर एक आध्यात्मिक महिलाको भूमिका सन्तुलनको भूमिका रहने हुँदा प्रत्येक महिलालाई ध्यान, योग र सकारात्मक जीवनशैलीको मार्ग आवश्यक रहेको बताउनुभयो ।

जापानबाट सहभागिता जनाउनुभएको आस्था तुलाधरले विदेशमा रहेर पनि मातृभूमि र नेपाली महिला दिदीबहिनीकै हकहितमा, उनीहरूको शशक्तिकरणमा आफू प्रेरित भएकोले ओशोधाराको यस्ता कार्यक्रमले आफूलाई थप प्रेरणा दिएको बताउनुभयो । इन्जिनियर एवं ओशोधाराका आचार्य अनन्त बिष्टले महिला सृष्टिकै उच्चतम सृजना भएकाले महिला स्वयंले आफूलाई शशक्त र उच्च स्थान दिनुपर्ने बताउनुभयो । समाजको दृष्टिकोण जे जस्तो भएपनि हाम्रा सबै धर्म र आध्यात्मिक मार्गले महिलाको स्थान फरक पहिचान सहित महत्व दिएकोले महिला जस्तो अस्तित्त्वको सुन्दर र शशक्त सृजना अरू नभएको बताउनुभयो ।