पहिरोले बागमतीमा ४ घाइते, मौसमको अवरोधले हवाई उद्धार प्रयास असफल

 

ललितपुर । अविरल वर्षातका कारण ललितपुरको वागमती गाउँपालिकामा गएको पहिरोले चार जना घाइते भएको प्रहरीले जानकारी दिएको छ ।
पहिरोमा परी घाइते भएकालाई उद्धार गर्न एम्बुलेन्स जान नसकेको र हेलीकोप्टरबाट उद्धार गर्ने प्रयास भएपछि मौसमका कारण नसकिएको सांसद नवराज सिलवालको सचिवालयले जनाएको छ ।