असोज १ देखि लामो दूरीका यातायात र आन्तरिक उडान चल्ने

 

काठमाडौं । विश्वव्यापी महामारी कोरोना भाइरस संक्रमणको रोकथाम तथा नियन्त्रणका लागि सरकारले जारी गरेको निषेधाज्ञा हटाउँदै गर्दा असोज १ गतदेखि नै लामो दूरीका यातायात र आन्तरिक उडान खुल्ने भएको छ ।
सरकारका प्रवक्ता परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गर्दै लामो दूरीका यातायात र आन्तरिक उडान सञ्चालन गर्न सकिने निर्णय भएको जानकारी दिनुभयो ।

गाडी सञ्चालनका लागि ५० प्रतिशत सिट क्षमतामा मात्रै यात्रु राख्न पाउने र भाडा पनि ५० प्रतिशत धेरै लिन पाउनेगरी व्यवस्था गरिएको प्रवक्ता ज्ञवालीले बताउनुभयो ।

आन्तरिक उडानका क्रममा पनि स्वास्थ्य सुरक्षा मापदण्ड पालना गर्नुपर्ने हुन्छ । जहाजमा यात्रा गर्दा ७२ घन्टा अघिसम्मको पिसिआर रिपोर्ट चाहिने ज्ञवालीको भनाइ छ । हवाई भाडादर संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयले तोक्ने भएको छ ।