एमसिसी परिमार्जन र संशोधन गरेर अनुमोदन गर्ने नेकपा स्थायी कमिटीको निर्णय

 

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को आन्तरिक विवादले लामो समय स्थगित स्थायी कमिटी बैठक विवाद समाधान कार्यदलको जगमा दुई अध्यक्षले तयार पारेको १५ पृष्ठको प्रस्तावलाई छलफल र संशोधन सहित पारित गर्दै समापन भएको छ । शुक्रबार सम्पन्न वैठकले विवादित अमेरिकी सहायता परियोजना एमसिसीलाई कार्यदलको सुझावका आधारमा परिमार्जन र संशोधन गरेर अनुमोदन गर्ने निर्णय गरेको छ ।

वरिष्ठ नेता झलनाथ खनाल नेतृत्वको कार्यदलले दिएको सुझावका आधारमा एमसिसी परिमार्जन र संशोधन गरेर पारित गर्ने निर्णय भएको प्रवक्ता नारायणकाजी श्रेष्ठ प्रकाशले जानकारी दिनुभयो ।

त्यस्तै बैठकले पार्टीको महाधिवेशन चैत २५ देखि ३० गतेसम्म काठमाडौंमा गर्ने निर्णय गरेको छ । त्यसका लागि कात्तिक १५ देखि १७ गतेसम्म केन्द्रीय कमिटी बैठक बस्ने र उक्त बैठकमा महाधिवेशन तयारीबारे छलफल हुने उनले बताउनुभयो ।