प्रकृतिको आत्मसातले देखाउने सत्मार्ग

 

सुनिलगोपाल श्रेष्ठ

प्रकृति लाई आत्मसात गर्नु र प्रकृतिले दिएका वस्तुहरु र उपजहरु लाई सहि सदुपयोग गरि प्रकृति सगै आधुनिक प्रबिधि प्रयोग गरि प्रक्रिया अनुसार लाभ लिन सक्नु नै आधुनिक युगको लागि आर्थिक समृद्धिको बाटो हो भन्ने बुझ्नुपर्छ ।

जसरी गाइ भैंसीहरु (जनावरहरु) बाट निस्कने मल मुत्र र मानव शरीरबाट निस्कासन हुने मल मुत्रहरु बाट बायो ग्यास (Methane gas CH4) निकाल्न सकिन्छ र इन्धनको रूपमा प्रयोग गर्न सकिन्छ, हाल नेपालमा पनि केहि प्रयोगमा आइरहेको छ तर व्यावसायिक रुपमा आउन अझै मेहनत गर्न बाकी छ। Methane gas जस्तै Bio-Ethanol ले पनि देशलाई चमत्कार हुनेगरी समृद्धिको बाटो देखाउन सकिन्छ।

Bio-Ethanol भनेको एक जैविक इन्धनको रूपमा लिने गरेको पाइन्छ। यसको Molecular Formula C2H5OH हो। यो प्राय बनस्पति मा रहेको ग्लुकोजलाइ fermentation गरि रक्सी बनाए झै बनाउने गर्छ। Bio-Ethanol लाई बाल्दा Carbon dioxide र पानी दिन्छ जस्ले मानव शरीर लाई नोक्सान गर्दैन तर Carbon dioxide लाई सड्ढलन गर्न सकेमा अझ फाइदा हुन्छ। अरु पेट्रोलियम पदार्थबाट Carbon Monoxide निस्कन्छ र मानव शरीर लाई हानी गर्छ।
हाम्रा पुर्खाहरु को समयमा कृषि उत्पादन भन्दा उपभोग गर्ने कम भएको ले र बिश्व बजारको पहुँच नभएको कारणले आधुनिक कृषि र नयाँ खोजको बारे कुनै चिन्ताको बिषय रहेन तर आजको अवस्था धेरै परिवर्तन भै सकेको छ र नयाँ खोज, नयाँ सोचले र नयाँ योजनाको निरन्तरता ले मात्र देश समृद्धि हुनसक्ने मा दुई मत नहोला ।

भुमी बाट (जमिनबाट) उपजको रूपमा उत्पादित धान , गहुँ , मकै, कोदो आदि हामीहरू ले खाद्यान्नको हिसाबले प्रयोग गर्ने गर्छौं । तर ती खाद्यान्न संगै उत्पति भएका पराल, धानको भुस ,गहुँ पराल, मकैको घोगा, मकैको बोट र कफी फलको बाहिरी बोक्रा आदि हामीले बाल्ने वा गाई बस्तुलाई खुवाउने गर्छौं जसको सदुपयोग आधुनिक युगमा आर्थिक लाभको हिसाबले २०% भन्दा कम मात्र उपयोग भएको देखिन्छ ।

प्रकृतिले दिएका विभिन्न उपजहरु लाई बढी भन्दा बढी सहि सदुपयोग गर्नु पर्छ र प्रतिफल लिन सक्नुपर्छ भन्ने सोचले हाल विकसित राष्ट्र हरु र बिकास उन्मुख देशहरू ले पराल, धानको भुस, उखु पेलेर निस्केको बगास, मकैको घोगा, मकैको बोट आदि बाट नयाँ प्रबिधि प्रयोग गरि इठानल (Ethanol C2H5OH) उत्पादन गरि चमत्कारिक तवरले इन्धनमा प्रयोग गर्दै आएका छ्न। १ केजि चामल तयार हुँदा पराल र भुसा गरि लगभग १ केजी नै निस्कन्छ र १०० के जी पराल बाट लगभग ५० लिटर Ethanol उत्पादन गर्न सकिन्छ । प्रति लिटर Ethanol को मूल्य अौसत रु ५०/= हुन आउँछ । इथानल (Ethanol) विभिन्न अौधोगिक प्रयोजनमा ल्याउन सकिन्छ ।

जस्तै : अौषधि, रंग , बास्ना आउने अत्तर , इन्धन , हाल सनिटाइजरमा पनि राम्रो प्रयोग भएको पाइन्छ र इथानल Ethanol उत्पादनको प्रक्रियामा निस्कने ठोस पदार्थ बाट प्राङ्गारिक मल बनाउन अति उपयोगी हुने भएको ले आधुनिक कृषि मा पनि यसले राम्रो आयाम थप्नुको साथै यो प्रक्रिया ले प्राकृतिक Ecosystem लाई पनि सहज पुर्याउन मद्दत गर्छ ।

चिनी उद्योगहरु ले पनि मोलासिस बाट Ethanol उत्पादन गरेको पाइन्छ । तर हामी ले अनुत्पादक भै खेर गै रहेका प्राकृतिक उपजहरु बाट बढी भन्दा बढी प्रतिफल लिन सक्नु नै विकासको चमत्कार हुनु हो। यसको लागि निजी क्षेत्र , स्थानीय सरकार , प्रदेश सरकार बीचमा राम्रो सहकार्य हुनु जरुरी छ।

Ethanol प्रयोग र उत्पादन गर्ने देशहरूमा अमेरिका र ब्राजिल सफल र अग्रस्थानमा पर्न आउँछ भने भारतमा पनि 2019 देखि तिब्र रूपमा उत्पादनको लक्ष्य लिएर अगाडी बढेको देखिन्छ । भारतमा यस्तो प्रोजेक्टहरु लाई मेसिनहरु मा अनुदान, न्यून ब्याजमा ऋण प्रदान गर्ने, कर छुट गर्ने ,स्थानीय सरकार र केन्द्र सरकार बाट साझेदारी भै प्रोत्साहित गरेको पाउन सकिन्छ।
अमेरिकामा सवारी साधनहरु लाई इन्धनको लागि सफलता पुर्बक Ethanol प्रयोग गर्दै आएको छ भने मित्र राष्ट्र भारतमा पनि 2019 देखि यो योजना लिएर तिब्र गतिमा अगाडी गाइरहेको छ।
संयुक्त राज्य अमेरिकामको तथ्यांक अनुसार लगभग पाँच लाख ब्यारल प्रति दिन (500,000 barrel per day) (1barrel=159 litres) उत्पादन गरेको पाइएको छ भने ब्राजिलमा 2019 को तथ्यांक अनुसार वार्षिक Ethanol (34.45 billion litres) ३४ अर्ब लिटर उत्पादन गरि खपत गरेको प्रमाणित छ।

भारतमा पनि Ethanol को उत्पादनले पेट्रोलियम पदार्थको आयातमा ३०% घटाउने योजना रहेको छ। नेपालमा पनि ब्यापार घाटा हुनुमा प्रमुख कारण इन्धनको आयात भएको हुँदा ब्यापार घाटा कम गर्नको लागि देशमै उब्जेका तर खासै प्रयोगमा नआएका प्राकृतिक उपहारहरु (पराल, धानको भुस, मकैको बोट ,मकैको घोगा, चिनीको लागि उखु पेलेर निस्केको बगास,जङ्गलमा पाउने एक किसिमको घाँस र बांसहरु) लाई पहिचान गरि सदुपयोग गरि Ethanol उत्पादन गर्न केन्द्र सरकार , प्रदेश सरकार र स्थानीय सरकारको सोचमा परिवर्तन आउन जरुरी छ। अघिल्लो 2018/19 को तथ्यांकअनुसार नेपालले रु २१६.४२ अर्बको पेट्रोलियम पदार्थ आयात गरेको देखिन्छ । यदि Bio-Ethanol ले गर्दा नेपालमा पेट्रोलियम पदार्थको आयात २०% ले मात्र प्रतिस्थापन गर्ने सकेमा रु ४३ अर्ब प्रति बर्ष ब्यापार घाटा कम हुने पक्का छ र दसौं हजारको रोजगारी पाउनुका साथै प्राकृतिक उपजहरु को सहि सदुपयोग हुनेछ ।

श्रेष्ठ नेपाल उद्योग वाणिज्य महासंघ (FNCCI)का कार्यसमिति सदस्य हुनुहुन्छ ।