बागमती प्रदेशले माग्यो बाँझो जग्गामा खेती गर्न प्रोत्साहन कार्यक्रमको प्रस्ताव (सूचनासहित)

 

काठमाडौं । बागमती प्रदेश सरकारको कार्यक्रमअनुसार बाँझो जग्गामा खेती गर्न प्रोत्साहन कार्यक्रमको लागि प्रस्ताव आह्वान गरिएको छ । भदौ २३ गते भूमी व्यवस्था कृषि तथा सहकारी मन्त्रालय, कृषि विकास निर्देशनालयले सूचना प्रकाशित गरी ३० दिनभित्र प्रस्ताव पेश गर्न सूचित गरेको छ ।