३ हप्तापछि निषेधाज्ञा खुकुलोः सर्तसहित बजार खुल्ने, यातायातमा जोरविजोर

 

काठमाडौं । कोभिद १९ को संक्रमण नियन्त्रण तथा रोकथामका लागि काठमाडौं उपत्यकामा तीन हप्तादेखि लागू निषेधाज्ञा बिहीवारबाट खुकुलो हुने भएको छ । भदौ ३ गतेदेखि काठमाडौं उपत्यकामा लागू गरिएको निषेधाज्ञा खुकुलो गर्दै बिहीवारबाट सर्तसहित बजार संचालन र यातायातमा जोरविजोरको व्यवस्था लागू गरेको हो ।

काठमाडौंका उपत्यकाका तीनओटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरु, स्थानीय तहका प्रमुखहरु र सरोकारवालाहरुसंगको समन्वय र परामर्शपछि यस्तो निर्णयमा पुगेको काठमाडौं जिल्ला प्रशासन कार्यालयका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले बताउनुभयो ।

यातायात र बजार बाहेक अन्य क्षेत्रका लागि भने भदौ ३१ गतेसम्म निषेधाज्ञा जारी रहने दाहालले बताउनुभयो । तीनवटै जिल्ला प्रशासन कार्यालयले साँझ अबेरसम्म संशोधित सूचना सार्वजनिक गर्ने ललितपुर जिल्ला प्रशासन कार्यालयका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टले बताउनुभयो ।