पछिल्लो २४ घण्टामा कोरोनाबाट ६ जनाको मृत्यु, मृतक संख्या तीन सय १२

 

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपालमा पछिल्लो २४ घण्टामा कोरोना भाइरसको संक्रमणबाट थप ६ जनाको मृत्यु भएको जनाएको छ । काठमाडौंमा एक महिला र एक पुरुषसहित देशभर ६ जनाले ज्यान गुमाएको मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले बताउनुभएको छ । यो संगै कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ३ सय १२ पुगेको छ ।

मन्त्रालयले सार्वजनिक गरेको विवरण अनुसार मृत्यु हुनेमा काठमाडौंका ६७ वर्षीया पुरुष र ८३ वर्षीया महिला, कास्कीका ७३ वर्षीया महिला, अर्घाखाँचीका ४२ वर्षीय पुरुष, बाँकेका ८० वर्षिया महिला र नवलपरासीका ६४ वर्षीय पुरुष रहेका छन् ।