लकडाउन मात्र गरेर कोरोनाको समाधान हुँदैन, विकल्प खोजौंः सांसद चौधरी

 

ललितपुर । प्रतिनिधि सभा सांसद तथा सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) संसदीय दलकी सचेतक शान्ता चौधरीले कोरोना भाइरस संक्रमणसंग जुध्न लकडाउन समाधान नभएको बताउँदै विकल्प खोज्न आग्रह गर्नुभएको छ । नेतृ चौधरीले पेट भर्नकै लागि खाना कहाँ बाँडेको छ भन्दै खोज्दै हिँड्नुपर्ने श्रमिकहरुको अवस्थाले उनीहरुमा आश्रित वालवालिका तथा ज्येष्ठ नागरिकको समस्या झन् भयावह भएकोले भौतिक दुरी र सुरक्षा विधि अपनाएर लकडाउन खोल्नुपर्ने सुझाव दिनुभएको छ ।

सांसद चौधरीले देशको अर्थतन्त्र बर्बाद हुने र व्यक्तिगत जिवन पनि संकटमा पर्ने भएकाले उद्योगधन्दा कलकारखाना र रोजगारीका क्षेत्रलाई निश्चित मापदण्ड तोकेर संचालन गर्नुपर्ने बताउनुभएको हो ।

सामाजिक सञ्जालमार्फत नेतृ चौधरीले सम्बन्धित निकायहरुको उच्चतम समन्वय र सहकार्यमा जनजीवन सहज बनाउनेतर्फ ध्यान दिन आग्रह गर्नुभएको छ ।

अब यता हाम्रो ध्यान जान जरुरी छ !

जस्ले दिनभरि मजदुररि गरेर साझ उस्को घरमा चुलो बल्छ उ एति बेला अगेनाको छेउमा बसेर रोइरहेको होला ! देख्दै छु पेट भर्नै कै लागी खाना काहा बाडेको छ ती मजदुरहरु त्यतै डौडिदै गएको , कोठा भारा तिर्न नसकेर सयौं मजदुर कोठा बाट निकालिदै छन, ती मजदुर हरुको घरमा साना बालबालिका होलान बुढाबुढी आमा बुवा होलान उनिहरुमा अहिले के बितेको होला कल्पना गरौत । सरकारले मानव जीवनको रक्षा होस भन्ने उद्देश्यले लकडाउन गरेको छ । तर लकडाउन नै समस्याको समाधान हो भन्ने लागेन । मानिसले केही गतिविधि गर्न पाएनन भने देशको अर्थतन्त्र चौपट हुने , व्यक्तिगत जीवन पनि आर्थिक संकटले बर्बाद बन्दै जाने हुन सक्छ । यि सबै कुरालाई मध्ये नजर गरि मास्ककोअनिवार्य प्रयोग , सेनिटाईजरको प्रयोग , भौतिक दुरी कायम गर्ने , भिड हुन नदिने , खानपिन , व्यायाम जस्ता सबाललमा सचेतना जगाउदै अगाडि बढने होकि अब !