विपतमा सरकार हरायो, प्रधानमन्त्रीज्यू निरो नबन्नुस्

 

काठमाडौं । जनता समाजवादी दल (सजपा)की सांसद प्रज्ञा ढकालले कोरोना महामारी, बाढी पहिरो र किसानले मल नपाएर संकटमाथि संकट थपिँदा सरकार भएको अनुभूती नभएको बताउनुभएको छ । सामाजिक सञ्जालमार्फत सांसद ढकालले प्रधानमन्त्री र मन्त्रीहरुलाई निरो नबन्न सुझाव दिनुभएको छ ।

कात्रोमा गोजी हुन्न भन्ने नविर्सन र संवेदनाहीन नबन्न आग्रह गर्दै सांसद ढकालले मानवीयता शुन्य र संवेदनाशुन्य भएको सरकारले जनताको जीवन र मानवीयता जोडिएको विषयमा आफू भएको अनुभूती दिन आग्रह गर्नुभएको छ । सांसद ढकालले रोगले भन्दा भोकले मर्ने भैयो भन्दै रोइरहेकाहरुको आँशु कसले देख्ने ? भन्दै प्रश्न उठाउनुभएको छ ।

भक्तपुरदेखि एक छाक भोक टार्न पानीमा रुझ्दै टुँडिखेल पुग्नेहरुको आर्तनादले सरकार छ र ? भन्ने प्रशन उठाएको जिकिर गर्नुभएको छ । क्वारेन्टाइनमा मृत्यु वरण गर्नुपर्ने नागरिकको नियति र निषेधाज्ञाले चुल्हो नबलेका नागरिकको पीडा बुझ्न सरकारलाई आग्रह गर्नुभएको छ ।