पर्यटन क्षेत्र पाँच वर्ष पछाडी

 

काठमाडौं । कोभिड–१९ महामारीका कारण पर्यटन क्षेत्र पाँच वर्ष पछाडी परेको व्यवसायीहरुले बताएका छन् ।

महामारीले नराम्ररी असर पुगेर धरासायी भएको बताउँदै व्यवसायीहरुले पूर्ववत् अवस्थामा फर्काउन चार पाँच वर्ष लाग्ने बताउँदै पर्यटन क्षेत्रमा ग्रहण लागेको बताउनुभएको हो ।

नेपाल आर्थिक पत्रकार समाज९सेजन० ले आयोजना गरेको ‘सेजन अर्थ नीति बहसअन्तर्गत पर्यटनको सम्भावना’ विषयक भिडियो कन्फ्रेन्समा नेपाल पर्यटन बोर्डका पूर्वप्रमुख कार्यकारी अधिकृत प्रचण्डमान श्रेष्ठले कोरोनाका कारण पर्यटक भित्र्याउन सहज नभएकाले सरकार, निजी क्षेत्रलगायतका निकायले गरेका कामलाई उद्गम बजारसम्म जानकारी गराउनुपर्नेमा जोड दिनुभयो ।

पर्यटन क्षेत्रका लागि सन् २०२० सबैभन्दा बढी नकारात्मक भएको र त्यसबाट माथि उठ्नुको विकल्प नभएको उनको भनाइ छ ।

त्यसैगरी पर्यटन वर्ष २०११ का संयोजक योगेन्द्र शाक्यले कोरोनाका कारण पर्यटन क्षेत्रमा अहिलेसम्मकै ठूलो समस्या परेकाले यो क्षेत्रलाई पहिलेकै अवस्थामा ल्याउन चारपाँच वर्ष लाग्ने बताउनुभयो ।

कोरोनाका कारण अर्थतन्त्रमै ठूलो समस्या भएकाले सरकारलाई पनि राजश्व उठाउन समस्या भइरहेका बेला सरकारको मुख मात्रै ताक्नुभन्दा व्यवसायीले पनि आफ्नो क्षेत्रबाट प्रयास गर्नुपर्ने उल्लेख गर्दै उनले त्यसका लागि कर्मचारीको तलब, बैंकको ऋण र घर भाडालगायत खर्च कटौती गर्न पाउनुपर्ने बताए । पर्यटन क्षेत्रलाई पुर्नजीवन दिन खर्च कटौतीको विकल्प नभएको बताउनुभयो ।