आइपीएलको खेलतालिका सार्वजनिक, सन्दीपको खेल २० तारिखबाट (तालिका सहित)

 

एजेन्सी । लोकप्रिय खेल श्रृंखला ‘इण्डियन प्रिमियर लिग (आइपिएल) २०२०’ खेल तालिका सार्वजनिक भएको छ । आइपिएलको १३औँ सिजन १९ सेप्टेम्बरका दिन संयुक्त अरब इमिरेट्स (युएइ)मा नेपाली समय अनुसार बेलुकी ७ः४५ मा सुरु हुनेछ । उद्घाटन खेल मुम्बइ इण्डियन्स र चेन्नइ सुपर किंग्सबीच हुनेछ । आइपिएलको फाइनल १० नोभेम्बरमा हुनेछ । कोरोना भाइरसको संक्रमणका कारण ढिलोगरी आइपिएल युएईमा हुन लागेको हो ।

तालिका अनुसार नेपाली क्रिकेटर सन्दीप लामिछाने आवद्ध दिल्ली क्यापिटल्सले आफ्नो पहिलो खेल सेप्टेम्बर २० मा किँग्स इलाभेन पञ्जाबविरुद्ध खेल्नेछ । आइपिएलका २४ खेल दुबईमा, २० खेल अबुधावीमा र १२ खेल शारजहाँमा हुनेछन् । आइपिएलको प्लेअफ र फाइनल खेलको तालिका भने पछि सार्वजनिक गर्ने तयारी छ ।