सज्जाले जितिन् नेपाल आइडल ३ को उपाधी

 

काठमाडौँ । नेपाल आइडल सिजन–३ को उपाधि मोरङ पथरीकी सज्जा चौलागाईंले जितेकी छन् । शुक्रबार भएको ग्राण्ड फिनालेमा सज्जाले उपाधि हात पारिन् । तेस्रो सिजनको नेपाल आइडलको फस्ट रनरअप प्रवीण बेडुवाल र सेकेन्ड रनरअप किरणकुमार भुजेलले भएका छन् ।

अन्नपूर्ण मिडिया नेटवर्कका अध्यक्ष क्याप्टेन रामेश्वर थापाले नेपाल आइडलको विजेता घोषणा घोषणा गरेका छन् । एपीवान एचडी टेलिभिजनबाट हरेक हप्ता बिहीबार र शुक्रबार प्रसारण हुँदै आएको रियालिटी सो नेपाल आइडल नेपाली सांगीतिक लोकप्रियताको शिखरमा छ ।

सज्जाले उपाधिसहित ५० लाख रुपैयाँ पुरस्कार प्राप्त गरेकी छिन । फस्ट रनरअपले १५ लाख र सेकेन्ड रनरअपले पाँच लाख नगद प्राप्त गरेका छन् ।