आफ्नै अभिनयसहित बामदेव गौतमको नयाँ गीत यो मुक्त भूमी यो बुद्ध भूमी नेपाल

 

ललितपुर । नेपाल कम्युनिष्ट पार्टीका उपाध्यक्ष बामदेव गौतमले लेख्नुभएको गीत यो मुक्त भूमी, यो बुद्ध भूमी नेपाल सार्वजनिक भएको छ । आज (शुक्रबार) साँझ सार्वजनिक भएको गीत शम्भुजीत बाँस्कोटाको संगीत तथा माण्डवी त्रिपाठी रिमाल र रोशन गुरुंगले गाउनुभएको छ ।
गीतकारको भूमिकामा समेत राष्ट्रवादी गीतहरु गाउनुभएको गौतमले यो गीतको भिडियोमा नातिनीको साथमा आफैंले समेत अभिनय गर्नुभएको छ । गीतको निर्माण हरिशदेव गौतमले गर्नुभएको हो ।