६४९ स्थानीय तहमा ५ शैयाको अस्पताल, काम सुरु गर्न ६४ करोड निकासा

 

काठमाडौं । स्वास्थ्यमन्त्री भानुभक्त ढकालले अस्पताल नभएका ६ सय ४९ स्थानीय तहमै ५ शैयाको अस्पताल स्थापना गर्ने निर्णय गर्नुभएको छ । सरकारको नीति तथा कार्यक्रममा समेत उल्लेख भएको उक्त कार्यक्रमलाई तत्काल कार्यान्वयन गर्न स्थान छर्नौट र व्यवस्थापनको जिम्मा स्थानीय तहले नै लिने गरी नीतिगत निर्णय गरिएको मन्त्री ढकालले बताउनुभयो ।

तत्काल सेवा प्रारम्भ गर्नका लागि आवश्यक औजार र उपकारण खरिदका लागि ६४ करोड बजेट निकासा दिइएको समेत मन्त्री ढकालले बताउनुभयो । अस्पतालमा तत्कालै कम्तीमा एक जना एमबिबिएस गरेको चिकित्सक, दुई जना नर्स र अन्य स्वास्थ्यकर्मी रहने ब्यवस्था मिलाइएको मन्त्रालयले जानकारी दिएको छ ।

अपडेट: मन्त्रालयले उपलब्ध गराएको जानकारी अनुसार ५ बेड हुनुपर्नेमा अन्यथा भएकोले सच्याइएको जानकारी प्राप्त भएअनुसार अद्यावधिक गरिएको छ ।