नेपालमा कोरोना निको हुने दर सार्कमै सबैभन्दा कम

 

काठमाडौं, ११ भदौं । सार्क मुलुकमध्ये नेपालमा कोरोना लागेर निको हुने दर सबैभन्दा कम देखिएको छ । स्वास्थ्य मन्त्रालयको पछिल्लो तथ्यांकअनुसार कोरोना संक्रमित निको हुने दर ५६।६६ प्रतिशत छ ।

विज्ञहरूले यसलाई नराम्रो संकेतका रूपमा विश्लेषण गरेका छन् । निको हुने दर कम भएको र गम्भीर बिरामी थपिँदै गएकाले मृत्यु संख्या बढिरहेको छ ।

सार्क राष्ट्रमा श्रीलंकामा कोरोना निको हुने दर सबैभन्दा राम्रो ९४।८८ प्रतिशत देखिएको छ । छिमेकी भारत तेस्रो स्थान ९७६।२१ प्रतिशत० मा छ । ‘उपचार प्रक्रियामा कमजोरी र संक्रमितको पहिचानको कमीले गर्दा नेपालमा कोरोना निको हुने दर सबैभन्दा कम छ,’ इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका पूर्व निर्देशक डा। जीडी ठाकुरले भने, ‘निको हुने दर बढ्नुपर्छ तर नेपालमा घट्दो छ । यो राम्रो लक्षण होइन, मुलुकमा भएको कोभिडसम्बन्धी खराब उपचार व्यवस्थाको प्रतीक हो ।’

नेपालमा कोभिडको मृत्युदर ०।५० प्रतिशत छ । सार्क मुलुकमा सबैभन्दा कम मृत्युदर माल्दिभ्स ९०।३९ प्रतिशत० मा छ भने सबैभन्दा बढी अफगानिस्तानमा ३।६७ प्रतिशत छ । भारतमा मृत्युदर १।८४ प्रतिशत, बंगलादेशमा १।३४ प्रतिशत, पाकिस्तानमा २।१३ प्रतिशत र श्रीलंकामा ०।४० प्रतिशत छ । हालसम्म सार्क राष्ट्रमध्ये भुटानमा कोभिडले कसैको मृत्यु भएको छैन ।

डा। ठाकुरले नेपालमा मृत्यु भएका धेरैको परीक्षण नभएकाले मृत्युदर अझै बढी हुन सक्ने बताए । ‘मुलुकमा कोरोनाले मृत्यु भएका सबैको तथ्यांक समेटिन सकिएको छैन,’ उनले भने, ‘प्रदेश २ को तीन क्षेत्रमा दुई–चार दिनयता कोभिडको लक्षणले मृत्यु भएका ७–८ जनाको परीक्षण नगरिएको जानकारी मसँगै छ ।

यस्तै अवस्था अन्य भागमा समेत होला ।’ सार्कका अन्य मुलुकमा जस्तै जाँचको मात्रा मात्र नभई दायरा बढाउनुपर्ने विज्ञहरूले औंल्याएका छन् । ‘जाँचको मात्राभन्दा पनि दायरा बढाउनुपर्छ, संख्या पुर्‍याउन परीक्षण गर्नु हुँदैन,’ उनले भने, ‘हाल दिनहुँ न्यूनतम २५ हजार परीक्षण गर्नुपर्छ । परीक्षण बढाउँदा केस बढेको स्पष्ट भइसकेको छ ।’

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अर्का पूर्वनिर्देशक डा। बाबुराम मरासिनीले समेत दिनहुँ २५ हजारभन्दा बढी कोरोना परीक्षण गर्नुपर्नेमा जोड दिए । भारतले दिनहुँ दस लाखसम्म कोरोना परीक्षण गरिरहेको उल्लेख गर्दै उनले अन्य जनस्वास्थ्यको प्रक्रिया अपनाउनुका साथै परीक्षणको दायरा व्यापक नबनाएसम्म संक्रमण नियन्त्रण सम्भव नभएको बताए ।

पछिल्लो तथ्यांकअनुसार हाल नेपालमा ६ लाख ३५ हजार २ सय ५२, भारतमा ३ करोड ७६ लाख ५१ हजार ५ सय १२, पाकिस्तानमा २५ लाख १२ हजार ३ सय ३७, श्रीलंकामा २ लाख १३ हजार ४ सय ६२, माल्दिभ्समा १ लाख ५८ हजार ५५, भुटानमा ९० हजार ५ सय ५९, बंगलादेशमा १४ लाख ८५ हजार २ सय ६१, अफगानिस्तानमा १ लाख १८ हजार ९३ कोरोना परीक्षण भएको छ । कान्तिपुर दैनिकबाट